९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले केन्द्रीय कमिटीमा विशाल भट्टराई किन अटेनन् ?



खोटाङ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमाले अध्यक्ष केपी ओली निकट हुन् । अध्यक्ष ओलीको विश्वासपात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमिकामा छन् ।

चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन । प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकालबाझी भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् ।

तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउनेगरी केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिएका छन् । ‘खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ । म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,’ भट्टराईले लेखेका छन्, ‘यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो-ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।’

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ४५ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै