२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एमाले नेतृत्व चयनका लागि मतगणना सुरु, दुई घण्टाभित्रै मतपरिणाम आउने



काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । अध्यक्षमा आफुसहित पदाधिकारी र केन्द्रीय कमिटीमा नाम छनौट गरेर सर्वसम्मत कमिटी गठन गर्ने ओलीको चाहना मतदानसँगै समाप्त भएको थियो। यद्यपी, अध्यक्षमा ओलीले नै भारी मतले विजय हासिल गर्दैछन् ।

उपाध्यक्षका लागि घनश्याम भुसाल मैदानमा उत्रिएपछि सबै ६ पदमा मतदान भएको छ । यस्तै सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेपछि सबै मैदानमा उत्रिन बाध्य भएका थिए ।

सोमबार राति ९ बजेबाट सुरु हुने भनिएको मतदान आज बिहान ४ बजेदेखि मात्र सुरु भएको थियो । मतदान साढे १० बजे मात्र सकिएको थियो ।

 

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : २९ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण