१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले नेतृत्व चयनका लागि मतगणना सुरु, दुई घण्टाभित्रै मतपरिणाम आउने



काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । अध्यक्षमा आफुसहित पदाधिकारी र केन्द्रीय कमिटीमा नाम छनौट गरेर सर्वसम्मत कमिटी गठन गर्ने ओलीको चाहना मतदानसँगै समाप्त भएको थियो। यद्यपी, अध्यक्षमा ओलीले नै भारी मतले विजय हासिल गर्दैछन् ।

उपाध्यक्षका लागि घनश्याम भुसाल मैदानमा उत्रिएपछि सबै ६ पदमा मतदान भएको छ । यस्तै सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेपछि सबै मैदानमा उत्रिन बाध्य भएका थिए ।

सोमबार राति ९ बजेबाट सुरु हुने भनिएको मतदान आज बिहान ४ बजेदेखि मात्र सुरु भएको थियो । मतदान साढे १० बजे मात्र सकिएको थियो ।

 

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : २९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा