१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

तिलोत्तमामा बालमैत्री नगर घोषणा पूर्व र्याली



बुटवल । ‘बाल शोषण अन्त्य गरौँ बिहेवारी २० बर्ष पारी बाल श्रम अन्त्य गरौँ असल समाज निमाण गरौँ’ भन्ने प्लेकार्डसहित तिलोत्तमा नगरपालिका-३ ले र्याली गरेको छ ।

तिलोत्तमा नगरपालिकाले हालै बालमैत्री नगर घोषणाको तयारी गरिरहेका बेला तिलोत्तमा–३ ले आफ्नो वडाभरी जनचेतना मुलक र्याली गरेको हो ।

सोमबार बिहान आफ्नै वडा कार्यालयबाट प्लेकार्डसहित सुरु र्यालीमा वडाका जनप्रतिनिधि विभिन्न टोल विकास समितिहरु विद्यार्थीहरुको सहभागीतामा जनचेतना मुलक र्याली गरिएको वडा सदस्य घनश्याम पौडेल रामुले बताए । जनचेतना मुलक र्यालीको समापन गर्दै वडाध्यक्ष टक तिवारीले नगरले घोषणा गर्नु अगाडी वडाले बालमैत्री वडा घोषणा गर्ने बताए ।

बालबालिकालाई काममा हैन शिक्षामा ध्यान दिनु जरुरी रहेको भन्दै आजका बालबालिका भोलिका देशका कणधार हुन त्यसैले हामी सबै मिलेर असल समाजको निमाण र्गन सुनिश्चित बाल अधिकार आजको आवश्यकता रहेको अध्यक्ष तिवारीले बताए ।

बालमैत्री कार्यक्रमकी फोकल पर्शन गिता देबी सापकोटाले उमेर नपुगेका बालबालिकालाई काम लगाउनु शिक्षाबाट बन्चित गराउनु अपराध गर्नु जस्तै भएको भन्दै अबका दिनमा तिलोतमा नगरभित्र कोही कसैले बालबालिकालाई शोषण गरेको पाइए नगरपालिकाले त्यसको विरुद्ध एक्शन लिने सापकोटाले बताईन । कार्यक्रममा वडा सचिव गोकुल गिरी, वडा सदस्य घनश्याम पौडेल रामु लगाएतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ४८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू