१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बर्दियामा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ



बर्दिया । बर्दियामा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने एक भारतीय रहेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका २ सितापुर बस्ने २२ वर्षीय प्रदिप सुनार र सोही गाउँपालिका वडा नं ७ बस्ने २१ बर्षीय विशाल सिंह ठकुरी रहेका छन् । उनीहरु बढैयाताल गाउँपालिका वडा नं ७ कर्णालीपुरस्थित फुटाहा कण्ठपुर सडकमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा चेक जाँच गर्दा ९ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

त्यसैगरी भारतको बहराईच जिल्ला मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ बर्षीय रोहित कुमार गुप्तालाई १८ ग्राम सात सय ६० मिलि ग्राम लागु औषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गुप्त लागुऔषध कारोबारी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका तिनै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक शाहीले जनाए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : ५२ बजे

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा