७ बैशाख २०८३, सोमबार | April 20, 2026

१७ औ लुम्बिनी बौद्ध विश्वविद्यालय दिवसमा बुटवल–लुम्बिनी साइक्लिङ



बुटवल । १७ औ विश्वविद्यालय दिवसको अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले विविध कार्यक्रम गरि मनाएको छ । विहिबार विश्वविद्यालयको स्थापना दिवसकै अवसर पारेर रुपन्देहीका साईक्लिष्टहरुको सहभागितामा नयाँगाउस्थित विश्वविद्यालयबाट लुम्बिनीसम्म साईकल र्याली गरिएको छ ।

‘शान्ति र शिक्षाका लागि साईकल यात्रा’ नाम दिईएको यात्राको विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले युवा राईडरलाई नेपालको झण्डा दिएर र्यालीको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै रजिष्ट्रार आचार्यले सहरी जिवनशैलीसंगै साईकल चलाउनुपर्छ भन्ने भावना मानिसहरुमा विकास भएको भन्दै स्वस्थ्य शरीर आजको आवश्यकता भएको बताए । यो वर्ष दिवस मनाउने क्रममा नै फरक र नया ढंगको साईकल यात्रा कार्यक्रम राखेर सन्देश दिन चाहेको उनले बताए ।

साइकल यात्रालाई बुटवल युनाईटेड साईक्लिङ क्लबको संयोजन तथा ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल ग्रुप, तिनाउ साईक्लिङ क्लब, नवलपरासी साईकल एशोसियसन, साईकल साथी सैनामैनाको सहकार्य रहेको थियो ।

कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले खेलकुदको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको साईक्लिङको विकासमा सरकारको ध्यान दिनुपर्ने बताए । केवल मनोरन्जनमात्र नभई दैनिक जिवनमा साईकलको प्रयोगलाई प्रोत्साहन गर्ने खालको सरकारले योजना ल्याउनसके यसबाट मानव स्वस्थ्यसंगै पर्यावरणमा समेत फाईदा मिल्ने बताए ।

बुटवल नयाँगाउबाट शुरु भएको रयाली बुटवल बजार परिक्रमा गरि राजमार्ग चौराहा, मणिग्राम, भैरहवा बुद्धचोकमा पुगेर दिप प्रज्वलन गरि बुद्धजन्मस्थल लुम्बिनीस्थित बौद्ध विश्वविद्यालय पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरुले राईडरहरुलाई खादा लगाएर स्वागत गरेका थिए । र्यालीमा रुपन्देही, नवलपरासीका गरि विभिन्न ६ क्लबका ८० बढी राईडरहरु सहभागी भएका थिए । विश्वविद्यालयका सुचना अधिकृत लक्ष्मण पोखरेलले प्रचारप्रसारको माध्यमका रुपमा साईकल र्याली गरिदा प्रभावकारी हुने भन्दै छोटो समयको तयारीमा कार्यक्रम राम्रो भएको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ४४ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका