१ कार्तिक २०८३, शनिबार | October 17, 2026

अध्यक्षत्रयले ३३५ प्रतिनिधि मनाेनित गरेपछि राप्रपा महाधिवेशनको कुल मतदाता ४७७६ जना, शनिबार मतदान



काठमाडौं । राप्रपाको महाधिवेशनका लागि ४४७१ कार्यकर्ताबाट निर्वाचित प्रतिनिधि रहेकोमा अध्यक्षहरुले ३३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेपछि महाधिवेशनको कुल मतदाता ४७७६ पुगेका छन् ।

राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार अध्यक्षत्रयले ३३५ जना मनोनित गरेका हुन् । मनोनितबाट थप भएका प्रतिनिधिहरुको नामावली राप्रपाको निर्वाचन समितिले महाधिवेशनस्थलमा सूची टाँसीसकेको छ ।

बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा ३३५ जना थप हुनेछन् । ४७७६ प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपामा आगामी कार्यकालका लागि कमल थापा पुनः अध्यक्ष बन्न चाहेका छन् भने थापाका विरुद्ध राजेन्द्र लिङदेल प्यानल सहित मैदानमा उत्रेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ५८ बजे

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु