१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कांग्रेस प्रदेश अधिवेशन : बाग्मतीमा केसीको मनोनयन दर्ता, देउवा प्यानलबाट बानियाँ र प्रधान आंकाक्षी



मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ ।

प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ ।

बिहान ८ बजेबाट सुरू भएको मनोनयन दर्ता गर्ने कार्यमा अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन् । केसी पार्टीमा रामचन्द्र पौडेल समूहमा छन् ।

सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र भीमसेनदास प्रधानको नाम पनि चर्चामा छ । बानियाले भने शुक्रबारै प्यानल घोषणा गरेका छन् ।

बिहीबार औपचारिक रूपमा शुभारम्भ भएको प्रदेश अधिवेशनको दोस्रो दिन शुक्रबार निर्वाचन प्रक्रिया जारी रहेको हो । दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउने समयतालिका रहेको प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

काफ्लेका अनुसार भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधीले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : ०६ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको