११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सत्तागठबन्धन प्रधानन्यायाधीश जबराको नाडी छाम्दै, नेतृत्व मौन बसेर महाअभियोगबारे निकटका वकिल अगाडि सार्दै दलहरु



काठमाडौं । सत्ता गठबन्धनका नेताहरु सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका विषयमा आफुहरु मौन बसेर आफु निकट वकिलहरुलाई धारणा सार्वजनिक गर्न लगाएका छन् । शिर्ष नेताहरु ‘तैं चुप मैं चुप’को अवस्थामा रहेर आफु निकट कानुन व्यवसायी तथा सांसदहरुलाई प्रधानन्यायाधीश प्रकरणमा अगाडि सारेका हुन् ।

सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस र माओवादी केन्द्रका सांसद समेत रहेका २ जना वकिलहरुले आज एक कार्यक्रममा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको न्यायपालिकाको सुधार सम्भावना र चूनौति बिषयक छलफल कार्यक्रममा बोल्दै कांग्रेसका सांसद राधेश्याम अधिकारी र माओवादी सांसद रामनारायण बिँडारीले प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका निम्ति दलहरुले तयारी गरिरहेको दाबी गरे ।

सांसद अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रयाप्त आधार रहेको समेत बताए । उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने जिकिर गरे ।

सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले संसदको अवको बैठकमा प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका बिषयमा छलफल हुने दाबी गरे । उनले संसदमा ११ जनाको छानबिन समिति बन्ने र त्यसैको प्रतिबेदनका आधारमा महाअभियागको प्रक्रिया अगाडि बढ्ने बताए ।

नेताहरु मौन बसेर वकिल र कानुन व्यवसायीलाई बोल्न लगाएर दलका नेताहरुले जबराको नाडी छाम्ने काम गरेको गठबन्धन निकट एक नेताले बताए । प्रधानन्यायाधीश जबराको प्रतिक्रिया आएपछि मात्र थप कदम चाल्ने नेताहरुको तयारी रहेको उनको दाबी छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ०३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना