१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कांग्रेस लुम्बिनी अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान हुँदै



बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् ।

बिहान साढे ८ बजेदेखि मतदान सुरु हुने छ भने मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । कांग्रेसको लुम्बिनी प्रदेश उपसभापतिका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे तथा पौडेल पक्षबाट भुवन श्रेष्ठ र अष्टभुजा पाठक प्रतिस्पर्धामा छन् ।

दुई महामन्त्री पदका लागि संस्थापनबाट जन्मजय तिमिल्सेना र खिमानसिंह रायमाझी तथा पौडेल पक्षबाट विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका छन् । तीन सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन तथा पौडेल पक्षबाट विष्णु खनाल (मुस्कान), खगराज पाण्डे र निमा गिरी प्रतिष्पर्धामा छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लामा पौडेल पक्षले सभापति जितेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको छ । बाँके जिल्लाको अधिवेशन अझै भएको छैन ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लाका लागि जिल्लागत निर्वाचन हुनेछ । जसमा १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन हुने निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए ।

समावेशी सदस्यमा खस आर्यतर्फ चार महिलासहित आठ जना, आदिवासी जनजातीमा दुई महिलासहित पाँच जना, मधेशीमा दुई महिलासहित चार जना, दलितमा दुई महिलासहित चार जना, थारुमा दुई महिलासहित चार जना, मुस्लिम एक महिलासहित दुई जना र अल्पसंख्यक वा अपाङ्गमध्ये एक जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा उल्लेख छ । लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी एक हजार ६४८ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४६ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति