१ कार्तिक २०८३, शनिबार | October 17, 2026

प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मत्, पदाधिकारीमा रस्साकस्सी



चितवन । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

१९ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह, दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन माग, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न माग, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बिमा लागू गर्न माग गरेको छ ।

महाधिवेशनको शनिबार उद्घाटन भएको थियो । महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटीे चयन गर्नेछ । जसमध्ये आठजना केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । महाधिवेशन हलले अध्यक्षसहित एक सय ९१ केन्द्रीय कमिटी सर्वसम्मत छनोट गर्ने भएको छ । यदि सर्वसम्मत नभए केन्द्रीय कमिटी बैठकले छान्ने बताइएको छ ।

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा जुगल लगभग सर्वसम्मत हुने बताइएको छ । नयाँ नेतृत्वका लागि बन्दसत्र जारी छ ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना हुनेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : १९ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ