१४ असार २०८३, आइतबार | June 28, 2026

यु–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई



काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव तीन ओभरमा ९९ रनमै समेटियो । सुदुरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रनको योगदान दिए ।

लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । पाँच दशमलव तीन ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउनुअघि २१२ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रम कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले एकरएक विकेट हात पारेका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच लुम्बिनीका अजय प्रधान, बेस्ट बलर लुम्बिनीकै मोहम्मद हुसेन, बेस्ट ब्याटर देव खनाल र प्लेयर अफ दि टुर्नामेन्ट लुम्बिनीकै मोहम्मद हुसेन भए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ०८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा