१६ बैशाख २०८१, आइतबार | April 28, 2024

यु–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई



काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव तीन ओभरमा ९९ रनमै समेटियो । सुदुरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रनको योगदान दिए ।

लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । पाँच दशमलव तीन ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउनुअघि २१२ रनको योगफल खडा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रम कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले एकरएक विकेट हात पारेका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच लुम्बिनीका अजय प्रधान, बेस्ट बलर लुम्बिनीकै मोहम्मद हुसेन, बेस्ट ब्याटर देव खनाल र प्लेयर अफ दि टुर्नामेन्ट लुम्बिनीकै मोहम्मद हुसेन भए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ०८ बजे

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी