१३ पुस २०८२, आइतबार | December 28, 2025

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो



बैतडी । बैतडीको पाटन नगरपालिका-१ सकारमा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते पाटन नगरपालिका-१ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

पाटन बजारबाट पाटन नगरपालिका-७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप सकार खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा सुर्नया गाउँपालिका-४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० बर्षीया मनिषा विक, पाटन नगरपालिका-१ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

जिप चालक बैतडीको पाटन नगरपालिका-५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ४१ बजे

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको