१९ माघ २०८२, सोमबार | February 2, 2026

कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशका जलस्रोत मन्त्रीले गरे उम्मेदवारी घोषणा



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । पछिल्लो समय जिल्ला जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने अभियान नै चलेको छ । कांग्रेसको वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सकिए लगत्तै नेताहरुले केन्द्रिय समितिका लागि उम्मेदवारी घोषण गर्ने अभियान थालेका हुन् ।

कांग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएसँगै कांग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानाले पनि बुटवल पुगेर केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री समेत रहेका रानाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति कोटाबाट केन्द्रिय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संस्थापन ईतर पक्षका रानाले राजनीतिमा नैतिकता स्थापित गर्न, पार्टीलाई विधि, पद्दति र विधान अनुसार चलाउने परिपाटीको विकास गर्न, व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत राजनीतिको विकास गर्न, पार्टीभित्र अनुशासन, मूल्यांकन र आर्थिक पारदर्शीता कायम गर्ने परिपाटीको व्यवस्था गर्ने लगायतका लक्ष्य राखेर उम्मेदवारी दिने घोषणा गरेको पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा बोल्दै रानाले राजनीतिप्रतिको नैराश्यलाई हटाई पार्टीप्रति आकर्षण बढाउन आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा नेता रानालाई अगाडि सारेको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले प्रष्ट पारे।

नेपाली काँग्रेसलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियासिल बनाउन रानाले सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण रानालाई अगाडि सारिएको सभापति श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ०३ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण