१ पुस २०८२, मंगलबार | December 16, 2025

हारका बाबजुत समूह विजेता बन्दै नकआउटमा सिटी



काठमाडौं । अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २-१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।

यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो ।

समूह ‘ए’ कै अर्काे खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रुगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पराजित बाबजुत सिटी ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।

७ अंक बनाएको आरबी लाइप्जिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज