१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्याराग्लाइडिङको पूर्वाधार प्रयोगविहीन



बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङको बलेवा क्षेत्रमा निर्माण गरेको प्याराग्लाइडिङ पूर्वाधार प्रयोगविहीन भएको छ ।

पोखराको वैकल्पिक प्याराग्लाइडिङ गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गत वर्ष निर्माण गरेको संरचना एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको हो ।

संरचना तयार भएका एक वर्षसम्म पनि प्याराग्लाइडिङ हुन सकेको छैनन् । गण्डकी प्रदेश सरकारले गत वर्ष २२ लाख लागतमा बागलुङ नगरपालिका(१४ मा प्याराग्लाइडिङको लागि आवश्यक मैदान, भवन, शौचालय जस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए ।

स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।

पोखरामा विमान स्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय नै विचारधीन हुँदा तत्काल व्यावसायिक उडान सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरू गर्न चाहेमा काम गर्न सक्ने उनले बताए । । बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानको लागि संरचना तयार गरिएको हो ।

बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाममाथि प्याग्लाइडिङ सयर गर्न सकिने र सहासिक पर्यटनका लागि पूर्वाधारसमेत बलेवा क्षेत्रमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र