२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

१७ वर्षपछि बार्सिलोना समूह चरणबाटै बाहिर



काठमाडौं । पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

सन् २००३-०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो ।

यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो ।

बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो ।

समूह ‘इ’ कै अर्को खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २-० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे ।

३४ औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३ औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२ औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० अन्तरको जित दिलाए ।

समुहको अर्को खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे ।

जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : १६ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट