७ आश्विन २०८३, बुधबार | September 23, 2026

५० प्रतिशत कर्जा आयातमै लगानी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको छ । आयात उच्च वृद्धि भएसँगै बैंकहरूको कर्जाको ठूलो हिस्सा पनि यसैमा खर्च भएको हो ।

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको जानकारी दिए ।

उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएकोसमेत जानकारी दिए ।
राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ ।

यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो । ‘६४ अर्व निक्षेप बढ्दा ४११ अर्व कर्जा प्रवाह भएको छ’ उनले भने, ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो ।’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : २५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई