१५ असार २०८३, सोमबार | June 29, 2026

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जा वृद्धिदर सुस्त



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप एक दशमलव दुई र कर्जा सात दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप आठ दशमलव दुई प्रतिशतले र कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत छ ।

अघिल्लो आवमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव चार प्रतिशत थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ ।

पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव एक प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैंकको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशत, विकास बैंकको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको छ ।

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा दुई शमलव दुई प्रतिशत, निर्माण क्षेत्रको कर्जा एक दशमलव सात प्रतिशत र कृषि क्षेत्रको कर्जा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : १९ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ