२४ आश्विन २०८३, शनिबार | October 10, 2026

३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरुको निक्षेप ३० अर्ब रुपैयाँले घटेको छ । २०७८ असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा कुल ४८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिकमा ४८ खर्व ४ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकहरूको निक्षेप घट्दै गएपनि कर्जा लगानीमा भने आक्रामक छन् । २०७८ असोजको तुलनामा २०७८ कात्तिकमा बैंकहरूको कर्जा ५९ अर्बले वृद्धि भई ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकहरुले निक्षेप संकलनको आधारमा मात्र कर्जा लगानी गर्नुपर्ने गरी कर्जा–निक्षेप (सिडी) रेसियो लागू गरेको छ ।

बैंकहरूले पुँजीबाट कर्जा लगानी गर्न नपाएपछि बैंकहरूको सिडी रेसियो ९२ प्रतिशत पुगेको छ । जबकि बैंकहरुले सिडी रेसियो ९० प्रतिशतभित्र राख्नुपर्ने व्यवस्था छ ।

रेमिट्यान्स आप्रवाह नकारात्मक र बैंकको अधिकांश कर्जा आयातका लागि प्रयोग भएपछि निक्षेप बढ्न सकेको छैन ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २३ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट