७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्य भएको घोषणा



नयाँ दिल्ली । भारतीय किसानहरुले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् ।

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो । किसानहरुका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ ।

‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने । – एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ५२ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट