१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्य भएको घोषणा



नयाँ दिल्ली । भारतीय किसानहरुले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् ।

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो । किसानहरुका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ ।

‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने । – एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ५२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग