२२ असार २०८३, सोमबार | July 7, 2026

एकीकृत समाजवादीले रुपन्देहीको २ नम्बर क्षेत्रमा निर्वाचन जित्ने दाबी, प्रशिक्षणका लागि शनिबार माधव नेपाल बुटवल आउँदै



बुटवल । नेकपा (एकिकृत समाजवादी) का रुपन्देही अध्यक्ष राजु गुरुङले एमाले अध्यक्ष केपी ओलीले डिलमा पु¥याएको कम्यूनिष्ट आन्दोलनलाई माधव कुमार नेपालले बचाएको बताएका छन् । एकीकृत समाजवादी गठन भएपछि पहिलो पटक बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले ओलीकै कारण संविधान र कम्यूनिष्ट आन्दोलन नै सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताए ।

उनले एमालेबाट विभाजन भएपनि छिट्टै रुपन्देहीमा साबिक एमाले बराबर सदस्यको संख्या पु¥याउने दाबी गर्दै आगामी निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र न. २ मा आफूहरुले जित्ने दावी गरे । रुपन्देहीमा करिव ३५ सय सदस्यता वितरण भएको बताउँदै ३ महिना भित्र ८ हजार सदस्य बनाउने अध्यक्ष गुरुङले बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एंव प्रदेश र जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष माधव नेपाल बुटवल आउने कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भेलाका क्रममा केही महत्वपूर्ण व्यक्तिहरु एकीकृत समाजवादीमा प्रवेश गर्ने समेत गुरुङले संकेत गरे ।

शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगर स्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलत्तै योगिकुटी स्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरु हुने गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपी ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताए । उनले आफूहरु बाध्य भएर विद्रोहमा उत्रनुपरेको बताउँदै देशभर छोटो अवधिमा संगठन विस्तार तिव्र रुपमा अघि बढेको बताए ।

भेला तथा प्रशिक्षणमा कार्यक्रममा पार्टीका उपमहाचिव डा. विजय पौडेल, सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटि अध्यक्ष मेटमणी चौधरी लगायतका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले बताईन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : १९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ