३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

आफुले सरकारको नेतृत्व गरेकै दिन जनताले ओली शासनबाट मुक्ति पाए : शेरबहादुर देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेकै दिन नेपालले तानाशाही शासनबाट मुक्ति पाएको बताएका छन् । पार्टीको १४ औ अधिवेशनको उदघाटनसत्रलाई सम्बोधन गर्दै आफुले नेतृत्व गरेको सरकार बनेकै दिनबाट नेपालले ओलीकाे तानाशाही शासनबाट मुक्ति पाएको दाबी गरे ।

उनले आफुले सरकारको नेतृत्व गर्नु अघि नेपालमा डरत्रास र संत्रासको वातावरण रहेको स्मरण गर्दै ओलीको शासन अन्त्य भएको दिन नेपालीले मुक्ति पाएको अनुभूति गरेको बताए । ‘जुन दिन मेरो सरकार बन्यो, त्यस अघि डरत्रास र संत्रासको वातावरण थियो । आफ्नो नेतृत्वको सरकारबाट मुक्ति पाएको अनुभूति जनताले गरे ।’ उनले भने । उनले ओलीको शासनबाट पाएकाे मुक्तिकाे रक्षा गर्ने जिम्मेवारी आफुमा रहेको दाबी गर्दै नेपाली जनतालाई तानाशाही शासनबाट मुक्ति दिलाउनका लागि एक पटक आफुलाई जिताउन समेत कार्यकर्तालाई आह्वान गरे ।

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।’ उनले आफुलाई जिताए स्थानीयतहको निर्वाचनमा पनि काँग्रेसले जित्ने दाबी गरे ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ५३ बजे

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका

आज बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस