१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कांग्रेस १४ औं महाधिवेशन : आज उम्मेदवारी दर्ता गरिने



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आज उम्मेदवारी दर्ता गरिने भएको छ । आज उम्मेदवार मनोनयन दर्ता गरिने कार्यसूची छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यसपछि, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म रहेको छ । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

शुक्रबार साँझ नै महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा शुरु भएको थियो बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि शुक्रबार नै कांग्रेस महाधिवेशनमा चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि कायम गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी महाधिवेशन प्रतिनिधिको सङ्ख्यामा चयन गरिएको हो । निर्वाचन समितिले शुक्रबार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : १३ बजे

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख