१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस १४ औं महाधिवेशन : आज उम्मेदवारी दर्ता गरिने



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आज उम्मेदवारी दर्ता गरिने भएको छ । आज उम्मेदवार मनोनयन दर्ता गरिने कार्यसूची छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यसपछि, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ । दाबी विरोधउपर निर्णय आजै साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म रहेको छ । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

शुक्रबार साँझ नै महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपको हलमा शुरु भएको थियो बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि शुक्रबार नै कांग्रेस महाधिवेशनमा चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि कायम गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी महाधिवेशन प्रतिनिधिको सङ्ख्यामा चयन गरिएको हो । निर्वाचन समितिले शुक्रबार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : १३ बजे

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु