७ आश्विन २०८३, बुधबार | September 23, 2026

महाधिवेशन हेर्न आएका युवाहरूको गुनासो : वृद्ध नेताहरूले युवालाई अवसर दिँदैनन्



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् । तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युुवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन् ।

‘आउन त देशभरबाट महाधिवेशनमा युुवाहरू पनि प्रतिनिधी भएर आएका छन् । तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन् । युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन् ।

काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ ।

लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ । तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ । वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन् ।’

पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ । तर, बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ ।

उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि । तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ । जसले नेताको चाकडी गर्छ, जो धनि छ, उसले अवसर पाउँछ । नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन् ।’

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई