३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कांग्रेस महाधिवेशन : संस्थापन इतर पौडेल समुहका आधिकारीक उम्मेदवार शेखर कोईराला, महामन्त्रीमा गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहको दोस्रो उम्मेदवारकारुपमा नेता शेखर कोइरालाले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रकाशमान सिंहले आफ्नो अडान नछाडेपछि रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाएको हो । पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

पौडेलपक्षबाट उपसभापतिका लागि महेश आचार्यलाई उम्मेदार बनाउने निर्णय गरिएको छ भने महामन्त्री पदमा गगन थापाको नाम प्रस्ताव गरिएको छ । अर्को महामन्त्रीमा मिनेन्द्र रिजाल वा विश्वप्रकाश शर्मामध्ये एकलाई आधिकारी उम्मेदवार बनाउने गृहकार्य भइरहेको पौडेल समूह निकट स्रोतले जनाएको छ ।

नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् ।

कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ५६ बजे

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार

सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, २० हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)

बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले