३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

माओवादीलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई हराउन दुनियाँको कुनै तागतले नसक्ने दाबी गरेका छन् ।

माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका हुन् ।  प्रचण्डले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।’

प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।प्रचण्डले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे । उनले आफैँ दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैँले खोजी गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने प्रतिवद्धता व्यक्त गरे । पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उनले धारणा राखे ।

प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रियरूपमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उनले बताए ।

पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उनले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने विश्वास व्यक्त गरे । प्रचण्डले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पारे।

प्रचण्डले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्च¥यालीको सङ्ज्ञा दिए । पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्च¥याली हुने गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको जिकिर गरे।

प्रचण्डले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप टिप्पणी गरे ।

‘गुटबन्दी र अराजकता रोकौँ’

‘पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो’, अध्यक्ष प्रचण्डले भने । उनले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारोमात्रै देखिने बताए । “सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउछ ? अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” उनले भने ।

प्रचण्डले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्तावेज आउने बताए ।

अध्यक्ष प्रचण्डले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिए। तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष प्रचण्डको भनाइ छ । स्थानीय तहबाटै हाम्रो प्राकृतिक स्रोत तथा साधनको उपयोग हामी आफैले गर्ने गरी योजनाबद्ध प्रयास गर्नुपर्ने उनले स्पष्ट पारे ।

तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष प्रचण्डका अनुसार संविधानमार्फत स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको वर्ग क्षेत्र, तह तथा तप्कालाई मिलाएर एकाधिकार पूँजीवादका विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : १६ बजे

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार

सिद्धबाबामा बिहानैदेखि दर्शनार्थीको घुईंचो, २० हजार दर्शनार्थीले गरे दर्शन (फोटो फिचर)

बुटवल । आराध्यदेव भगवान् शिवको विशेष पूजा-आराधनासहित महाशिवरात्री पर्व आज

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै

गोकर्णलाई अग्लुङ्गका मतदाता भन्छन् : ‘सडक र मन दुवै जोड्न चाहान्छौ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

महिला एशिया कप राइजिंग स्टार्समा आज नेपाल र युएई भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं । महिला एशिया कप राइजिंग स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले