३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचार महामन्त्रीको उम्मेदवारी केन्दीय सदस्यमा, यी हुन् आफ्नै घोषणामा टिक्न नसकेका नेता



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे ।

खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए ।

सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूहबाट प्रकाशशरणले बाजी मारे । विश्वप्रकाशले देउवा प्यानलबाट ठाउँ नपाएपछि सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। अरु आकांक्षी भने अससन्तुष्ट हुँदै केन्द्रीय सदस्यमा झरेर चित्त बुझाउन बाध्य भएका छन् ।

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट गगन थापा, डा। मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीमा दाबी गरेका थिए । थापा र रिजालले सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट बाजी मारेका छन् । धनराज र चन्द्र उपसभापतिमा उक्लिएका छन् ।

कृष्ण सिटौला समूहबाट महामन्त्रीका दाबेदार प्रदीप पौडेल भने सबैलाई आश्चर्यमा पार्दै देउवा टिमको संयुक्त उम्मेदवार बनेका छन् । देउवा टिमका सिनियरलाई उछिन्दै प्रदीप संस्थापनको महामन्त्री बन्न सफल भएका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : १३ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत