२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका(४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ ।

जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको पहिचान हुन बाँकी छ ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३३ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा