६ श्रावण २०८३, बुधबार | July 23, 2026

प्रचण्डको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो



काठमाडौं । दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो ।

जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार दाहालले एक कार्यक्रममा आफू साना लगानीकर्ताको हितको पक्षमा रहेको अभिव्यक्ति दिएपछि मंगलबार सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ ।

अरू सामान्य रूपमा नै प्यानिक अवस्था रहेको पुँजी बजारलाई गलत अर्थ दिनेगरी दाहालले अभिव्यक्ति दिएका कारण आइतबार र सोमबार गरी दुई दिनमा नेप्से सूचक १६८ अंकले घटेर २२८२ अंकमा झरेको छ । सोमबार दिनभरिमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरणका हिसाबले यी दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको छ ।

दाहालले सेयर बजारमा लगानी गरिँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने शनिबार बताएका थिए । सोमबार नेप्से परिसूचक ७९ अंक अर्थात् ३.३६ प्रतिशतले घटेर २२८२ बिन्दुमा रोकिएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ११ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क