१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कांग्रेस मतगणना अपडेट : देउवाको मत दुई हजार कट्यो, शेखरको कति ?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४२७८ मतगणना सकिदा देउवाले २ हजार ४६ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार अर्का उम्मेदवार डा. शेखर कोइरालाले १६१५ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन् ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् ।

गएराति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित डा. कोइराला, निधि, सिंह र गुरुङ रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ५५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से