११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कांग्रेस मतगणना अपडेट : देउवाको मत दुई हजार कट्यो, शेखरको कति ?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

राष्ट्रियसभा गृहमा जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४२७८ मतगणना सकिदा देउवाले २ हजार ४६ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार अर्का उम्मेदवार डा. शेखर कोइरालाले १६१५ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन् ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् ।

गएराति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित डा. कोइराला, निधि, सिंह र गुरुङ रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ५५ बजे

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान