३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान



काठमाडौं । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले बताएका छन् ।

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिए ।

‘हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ५५ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा