२१ भदौ २०८३, आइतबार | September 7, 2026

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी को अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

भारतको वाङ्खेडे स्टेडियम मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५८ रन बनाए । उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे। खेलको तेस्रो ओभरको पहिलो बलमा नेपालको दोस्रो विकेट पतन भएपछि क्रिजमा आएका ऐरी अन्तिमसम्म टिक्दै टोलीको इनिङ्स उकास्न सफल भए ।

अन्य ब्याटरहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा ऐरीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै नेपालको स्कोर प्रतिस्पर्धात्मक बनाएका हुन् । उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।

नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १ : ०३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त