११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

चिनियाँ जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई गुडविल फाउन्डेशनको सहयोग



तिब्बत । सामाजिक कार्यमा सक्रिय चिनियाँ गैरसरकारी संगठन गुड विल फाउन्डेशनले चिनिँया जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

डिसेम्बर महिनामा गुडविल फाउन्डेशनले छिङ्हाई प्रान्तको गोलमुड शहरमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई न्यानो कपडासहितका सामाग्री वितरण गरेको हो । आफ्नो संस्थाको निरन्तर सहयोगी गतिविधिलाई अगाडि बढाउने क्रममा फाउन्डेशनले ७८ जेष्ठ नागरिक परिवार र २२ विकलाङ्गलाई सहयोग गरेको छ ।

त्यसक्रममा फाउन्डेशनले १०० वटा कम्बल, ७८ सेट थर्मोकोट सेट, १०० स्काफ, १०० बोरा चामल र आटा र खाने तेल, ७८ सेट घुँडा ढाक्ने प्याड, १०० बोतल तातो पानी र २८ सय सर्जिकल मास्क वितरण गरेको छ । यसका लागि ६० हजार आरएमबी अर्थात करिब ११ लाख नेपाली रुपैयाँ खर्च भएको फाउन्डेशनले जनाएको छ ।

सो कार्यक्रममा भाग लिन स्थानीय कैयौं युवाले आवेदन दिएका थिए । त्यसमध्ये ४३ जना स्वयंसेवकले न्यानो कपडा वितरणमा भाग लिएको फाउन्डेशनले जनाएको छ । जसमध्ये स्थानीय विद्यालयमा प्राथमिक शिक्षा लिँदै गरेकी १० वर्षीया छात्रा र गम्भीर रुपमा अपाङ्ग व्यक्ति समेत सामेल भएका थिए ।

गुडविल फाउन्डेशनले नेपालको गरिबी निवारणका लागि काम गर्दैआएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरको समयमा फाउन्डेशनले नेपाललाई सर्जिकल मास्क, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ०१ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा