१६ माघ २०८२, शुक्रबार | January 30, 2026

चिनियाँ जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई गुडविल फाउन्डेशनको सहयोग



तिब्बत । सामाजिक कार्यमा सक्रिय चिनियाँ गैरसरकारी संगठन गुड विल फाउन्डेशनले चिनिँया जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

डिसेम्बर महिनामा गुडविल फाउन्डेशनले छिङ्हाई प्रान्तको गोलमुड शहरमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई न्यानो कपडासहितका सामाग्री वितरण गरेको हो । आफ्नो संस्थाको निरन्तर सहयोगी गतिविधिलाई अगाडि बढाउने क्रममा फाउन्डेशनले ७८ जेष्ठ नागरिक परिवार र २२ विकलाङ्गलाई सहयोग गरेको छ ।

त्यसक्रममा फाउन्डेशनले १०० वटा कम्बल, ७८ सेट थर्मोकोट सेट, १०० स्काफ, १०० बोरा चामल र आटा र खाने तेल, ७८ सेट घुँडा ढाक्ने प्याड, १०० बोतल तातो पानी र २८ सय सर्जिकल मास्क वितरण गरेको छ । यसका लागि ६० हजार आरएमबी अर्थात करिब ११ लाख नेपाली रुपैयाँ खर्च भएको फाउन्डेशनले जनाएको छ ।

सो कार्यक्रममा भाग लिन स्थानीय कैयौं युवाले आवेदन दिएका थिए । त्यसमध्ये ४३ जना स्वयंसेवकले न्यानो कपडा वितरणमा भाग लिएको फाउन्डेशनले जनाएको छ । जसमध्ये स्थानीय विद्यालयमा प्राथमिक शिक्षा लिँदै गरेकी १० वर्षीया छात्रा र गम्भीर रुपमा अपाङ्ग व्यक्ति समेत सामेल भएका थिए ।

गुडविल फाउन्डेशनले नेपालको गरिबी निवारणका लागि काम गर्दैआएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरको समयमा फाउन्डेशनले नेपाललाई सर्जिकल मास्क, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ०१ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी