१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पौडेलले दिए देउवालाई बधाई



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

नेता पौडेलले आज दिएको बधाई सन्देशमा देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नेता पौडेलले सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।”

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ०१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम