१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपालगञ्जको एक निजी विद्यालयका प्रिन्सिपलबाट आफ्नै विद्यार्थी बलात्कार



नेपालगञ्ज। नेपालगञ्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको घटनालाई बाँके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको छ । प्रहरी स्रोतका आधारमा खबरकुराले घटनाका विषयमा जानकारी मागेपछि मात्र प्रहरीले बलात्कार अभियोगमा विद्यालयका प्रिन्सिपललाई हिरासतमा लिईएको स्विकार गरेको हो ।

पीडित किशोरीको उजुरीका आधारमा नेपालगञ्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कुलबाटै पक्राउ परेको प्रिन्सिपल र बलात्कारको घटनालाई प्रहरीले ५ दिन सम्म गुपचुप राखेको थियो ।

स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल रावलमाथि छात्रालाई पटक पटक बलात्कार गरेको आरोप रहेको बाँके प्रहरीका निमित्त प्रवक्ता खिमबहादुर घर्तिमगरले बताए । १७ वर्षिया आफ्नै विद्यार्थीलाई ट्युसन पढाउने नाममा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको उनले बताए । स्वास्थ्य परिक्षणमा समेत यौनकार्य भएको खुलेको प्रवक्ता घर्तिमगरले खुलाए ।

रावलले ती छात्रालाई पटक पटक प्रलोधन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी स्रोतले दाबी गरेको छ । दोस्रोे कारोना महामारीकाल देखिनै सुरुमा ट्युसन पढाईदिने बहानामा एकान्तमा बोलाउने र त्यसपछि होटलमा लगेर बलात्कार गर्ने गरेको पीडित पक्षको आरोप रहेको प्रहरीले जनाएको छ । रावलले ती छात्रालाई पहिलो पटक गत साउन २८ गते नेपालगञ्ज स्थित रोयल होटलमा बोलाएर बलात्कार गरेको पीडितको आरोप रहेको बताइएको छ । प्रहरीका अनुसार त्यस यता अस्लिल फोटो रहेको डर देखाएर पटक पटक बलात्कार गर्ने गरेको समेत पीडितले प्रहरी समक्ष बयान दिएका छन् ।

रावलले पछिल्लो पटक मंसिर १० गते ती छात्रालाई आफ्नै घरमा लगेर बलात्कार गरेपछि भने छात्राका अभिभावक प्रहरी समम पुगेका थिए । छोरी २ दिन सम्म घर नआएपछि खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी दर्ता गराएका छात्राका अभिभावकले छोरी भेटेसँगै प्रहरीमा बलात्कार अभियोगमा किटानी निवेदन दिएका थिए ।

रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रवक्ता घर्तिमगरले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : २३ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि