१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान



काठमाडौं । निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।

निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : १९ बजे

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल