२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन



लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन तेस्रो पटक स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी निर्वाचन गराउन खोजिएको भन्दै निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसके पछि पहिलो पटक निर्वाचन स्थगित भएको थियो ।

प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गए पछि उच्च अदालत पाटनले निर्वाचन कार्यक्रमलाई निरन्तरतादिन अन्तरिम आदेश जारी गरेको थियो ।

एनआरएनएका दुई तिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि नबुझाएको स्रोतले दाबी गरेको छ ।

निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।

निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै विवाद समाधान गर्नअध्यक्ष पन्तले चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकन पूर्व सल्लाहाकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्रीको छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : ४६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय