१७ बैशाख २०८१, सोमबार | April 29, 2024

ओली पक्षकै नेताले गरे एमाले बैठक बहिस्कार



विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् ।

पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयोजना गर्ने समेत बताएका छन् ।

बैठक बहिस्कार गर्ने नेताहरू सबै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन् । यता, जिल्ला कमिटी अध्यक्ष ऋषिकेस पोख्रेलले भने बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताए । उनले पार्टी जिल्ला अधिवेशन मूल आयोजक कमिटी बनाएको बताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ४ : ३९ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।