३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

ओली पक्षकै नेताले गरे एमाले बैठक बहिस्कार



विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् ।

पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयोजना गर्ने समेत बताएका छन् ।

बैठक बहिस्कार गर्ने नेताहरू सबै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन् । यता, जिल्ला कमिटी अध्यक्ष ऋषिकेस पोख्रेलले भने बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताए । उनले पार्टी जिल्ला अधिवेशन मूल आयोजक कमिटी बनाएको बताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ४ : ३९ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी