२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंक र राष्ट्रिय युवा परिषदले गरे जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम



काठमाडौ । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ ।

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए ।

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८/०८/२० देखि २०७८/०८/२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम/कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : १५ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको