८ बैशाख २०८१, शनिबार | April 20, 2024

एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन् ।

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठकको माग गरेका हुन । एन्फाको कार्यसमितिमा १७ सदस्य रहेको छ ।

‘एन्फाको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन् । जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ । साथमा विधि प्रक्रियाविहीन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ ।

‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ ।’ पत्रमा भनिएको छ ।

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन् । पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठकको माग गरिएको संयुक्त पत्रमा उल्लेख छ ।

‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा