४ असार २०८३, बिहिबार | June 18, 2026

ग्लोबल आइएमई बैंकले एनआरएनलाई लक्षित गर्दै खाता सञ्चालनमा ल्यायो



काठमाडौ । ग्लोबल आइएमई बैंकले एनआरएनलाई लक्षित गर्दै खाता सञ्चालनमा ल्यायाएको छ ।
बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ०७ बजे

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ