९ असार २०८३, मंगलबार | June 23, 2026

विद्युत खपत बढाउन उर्जामन्त्री भुसालको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गरेकी छिन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन । भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई आग्रह गरिन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन् ।
सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउँदै उनले भनिन, ‘भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढि यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । र, यसले असन्तुलित व्यापार घाटालाई न्यूनिकरण गर्न पनि सकिन्छ ।’

मन्त्री भुसालले सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराइन । त्यस अवसरमा उनले सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन । मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भैहेको बताइन ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : १८ बजे

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान सुरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति

तराईमा तातो लहर कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २:०० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र