२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

स्थापना दिवसको अवसरमा लुम्बिनी फलफुल थोक व्यवसायी संघद्धारा वृहत रक्तदान



बुटवल । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीको बार्षिक कार्यक्रम अन्र्तगत वृहत रक्तदान कार्यक्रम गरिएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रमकामा ५९ जनाले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी फलफुल तथा थोक व्ययवसायी संघका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष घनश्याम भुषालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगदिशचन्द्र आचार्यले लुम्बिनी फलफुल व्यवसायी संघले विगत लामो समय देखि सामाजिक क्षेत्रमा रचनात्कमक काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका निर्वतनमा अध्यक्ष केशव कुँवर, पुर्व अध्यक्ष वजिर शाह,सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्दु, अधिवक्ता कृष्ण प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, राधा कृष्ण टोल विकास संस्थाका अध्यक्ष यादव गैरे लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रमको संयोजक मोहमद् याकुवलले गरेका थिए । कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक सन्दीप पाल, गणेश खनाल, रचना कुमालको प्राविधिक सहयोग रहेको थियो । संघले यहि १५ औ स्थापना दिवस यहि पुस १२ गते मनाउदै छ ।

 

 

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : १७ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।