२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान



बुटवल । रामनगर सामुदायिक वनले आफ्नो १२ औ वार्षिक साधारण सभा तथा पाचौ अधिवेशनको अवसर पारेर १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयमा अध्यननरत आर्थिक अवस्था कमजोर भएकालाई सो सहयोग गरीएको हो । त्यस्तै नौ जना अपाङ्ख तथा तिन बृद्ध बृद्धालाई सम्मान गरीएको रामनगर सामुदायिक वनका अध्यक्ष क्या किशन बहादुुर थापाले जानकारी दिए ।

कार्यक्रममा प्रमुुख अतीथीको मन्तब्य राख्ने क्रममा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुुख बोधराज सुवेदीले लोकतन्त्रको सफलता मध्येमा सामुुदायिक वन रहेको बताए । अब समुदायको वनमा कसैले पनी हस्तक्षेप नगर्ने बताए । यसका माध्यमबाट पर्याबरण जोगाउन ठुलो मद्धत पुगेको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न १० का अध्यक्ष पदम थापाले वन संरक्षण र प्रबद्र्धनमा वडाले सहयोग प्रदान गर्दे आएकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बाचा गरे ।

त्यस्तै तिलोत्तमा सब डिभिजन प्रमुुख सुर्य प्रसाद मैनाली, सल्लाहकार खड्ग महत, कालिका मानब ज्ञान माविका अध्यक्ष होम गलामी, कालिका क्याम्पसका प्राचार्य घनस्याम पाठक सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका सचिव श्यामकला आचार्य, नेकपा एमाले बुटवल नगरका अध्यक्ष किशन ज्ञवाली, शंकरनगर सामुदायिक वनका अध्यक्ष रबीन्द्र बस्नेत, माओवादी केन्द्रका युवराज ढकाल लगायतले सामुदायिक वन मध्येमा पनि रामनगर सामुदायिक वनले गरेको कार्यलाई प्रशंसा गरेका थिए ।

कार्यक्रम संस्थाका उपाध्यक्ष यमुना काउचाको स्वागत सचिव पुर्णकला पराजुुलीको संचालन तथा अध्यक्ष किशन बहादुर थापको अध्यक्षतामा सम्पन्न भएको छ । सो अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ३६ बजे

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालन

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध