१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक, संसद सुचारु गर्ने र एमसीसी प्रमुख एजेण्डा



काठमाडौं । लामो समय देखि अवरुद्ध संसद सुचारु गराउने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबारकालागि सर्वदलीय बैठक डाकेका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ आईतबारका लागि प्रधानमन्त्रीबाट सर्वदलीय बैठक आह्वान भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टी गरे । प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रधानमन्त्री देउवाले संसद सुचारु भएको देख्न पाएका छैनन् । आफुले कारवाही गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहतिका नेताहरुको सांसद पद खारेजीको सूचना प्रकाशित नगर्दासम्म संसद चल्न नदिने अडानमा अहिले पनि एमाले कायम छ । एमालेकै कारण संसद एकदिन पनि सहज चल्न सकेको छैन ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउन प्रचण्डले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउने तथा एमसीसीको विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच सहमति भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : ०२ बजे

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको