१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदलाई आफ्नै अभिव्यक्ति महंगो सावित



नयाँ दिल्ली । दक्षिणी भारतको कर्नाटकमा बलत्कारबारे ठट्टा गर्ने एक सांसदले माफी मागेका छन् । ‘जव बलात्कार हुनु नै छ भने, पल्टनुहोस् र मजा लिनुहोस्,’ कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद रमेश कुमारले बुधबारको विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य सांसदसमेत हाँसेका थिए ।

विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि रमेश कुमारले माफी माग्न बाध्य भएका हुन् । आफ्नो भनाईले कसैलाई चोट पुग्न गएमा खुला ह्दयदेखि क्षमा याचना गरेको उनले बताएका छन् । ‘महिलालाई अपमान गर्ने मेरो कुनै आशय थिएन । त्यस्तै, विधान सभाको गरिमा घटाउने वा बलात्कारबारे ठट्टा गर्ने कुनै नियत थिएन’, कुमारले भनेका छन् ।

सांसदहरुलाई काबुमा राख्न नसकेको र लाचारीपन देखाएको सभामुखमाथि आरोप लागिरहेका बेला कुमारको अभिव्यक्ति आएको थियो ।

कुमारको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कुमारकै कंग्रेस पार्टीका सांसदहरुले बिरोध गरेका थिए । उनका अभिव्यक्तिले महिलालाई अपमान गरेको भाजपाकी सांसद पूर्णिमा श्रीनिवासले बताएकी थिइन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ०९ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष