२२ बैशाख २०८१, शनिबार | May 5, 2024

जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी



मनाङ । चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् ।

बाढीले क्षति पु¥याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन् । उनीहरु जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरु अहिलेको यो चिसोमा पनि मस्र्याङ्दीको किनारमा बगर पन्ञ्छाउँदै कष्टकार जीवन बिताएका छन् ।

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–१ सिरानतालमा सात घर थियो । गत जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मस्र्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।

भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन् । कोही बेंशीसहर आफन्तकोमा छन् । सिरानतालकै दूधजङ्ग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् । “दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ’’, उनले भने ।
उनका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु दुई लाख दिएको छ । “हामी घरबार विहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला’’, उनले भने, “चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । रु दुई लाखले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र खै रु’’

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि रु दुई लाखको चेक बुझे । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मस्र्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । “तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो”, उनले भने, “राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।” नासों–१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर रु दुई÷दुई लाखको चेक हस्तान्तरण गरेका थियो । घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ । उनले भने, “केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन ।”

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको सङ्ख्या ४४ रहेकामा ३९ जनाले रु दुई लाखका दरले राहत पाएको बताए । पाँच जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले जनाए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिएको हो । “घरबारविहीन भएको सात महिना भयो । जनता भोकै छना कि, नाङ्गै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो”, उनले भने । उनका अनुसार केन्द्र सरकारले रु ५ लाख दिने भन्ने कुरा छ । तर, कसरी दिने भनेर प्रस्ट छैन । “केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनःनिर्माणका लागि दिने भन्ने थियो”, उहाँले भन्नुभयो, “रु दुई लाख के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।”

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि रु एक करोड ४८ लाख बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार रु एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप रु एक लाख गरी रु दुई लाख आएको बताए । उनका अनुसार यो रकम निजी आवास पुनःनिर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । सङ्घीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

“बाढीपहिरो पीडितको पुनःस्थापना तथा घर पुनःनिर्माणको लागि हो । प्रदेश सरकारबाट अर्र्को रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन”, उनले भने। मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताएका थिए । नासो गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन् । सिरानतालको सात घरसहित करिब ६० घर डुबानमा परेको उनले बताए । नासो गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पु¥याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । यी घर मर्मत गरेर बस्न सकिन्छ ।

उनका अनुसार वडा नं १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन् । आठ घरमा सामान्य क्षति छ  । तालका १५ घर परिवार अरूकोमा आश्रय लिएर बसेका छन् । छ परिवार अन्यत्रै सरेका छन् । नासों–३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नभएपनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । -रासस

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : २० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै