४ बैशाख २०८१, मंगलबार | April 16, 2024

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ



मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ ।

छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् ।

कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सँजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए । पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजि छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : २२ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका