२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पपुलर भोटमा गगन थापालाई उछिने शशांक कोइरालाले, पदाधिकारीमा सर्वाधिक मत कसको कति ?



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्वाचनमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा। शशांक कोइरालाले ल्याएका छन् । विपी कोइरालाका कान्छा छोरा शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता गगन थापालाई पनि उछिनेका छन् ।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिनेका थिए । तर थापाले ल्याएको सर्वाधिक मतलाई शशांकले ८ सयभन्दा बढी मत ल्याउँदै उछिनेका हुन् ।

यससँगै शशांक १४औं महाधिवेशनमा कमिटी निर्वाचनमा सर्वाधिक मत ल्याउने नेता बनेका छन् । उनले करिब ८० प्रतिशत मत प्राप्त गरेका छन् ।

यसैगरी पदाधिकारीअन्तर्गत उपसभापतिमा सबैभन्दा बढी पूर्णबहादुर खड्काले २१२१ मत पाए ।

आठ वटा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले सबैभन्दा बढी २७७६ मत पाए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : ०३ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक