१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान सुरु भएको छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि पौडेल र गौतमले प्रतिस्पर्धामा छन् भने तीन उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर बिक, अमरबहादुर विश्वकर्मा गरी १० जना चुनावी मैदानमा छन् ।

सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ, अञ्जानकुमार तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने छ । तीन सहसचिवका लागि द्रोणबाबु सिवाकोटी १०, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना, प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर खाती, सञ्जय लामा, लालकुमारी पुन चुनावी मैदनमा छन् ।

कोषाध्यक्षमा तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना